- हत्या गर्ने प्रवृत्ति अभ्यास वा मानसिक आदतबाट सुरु हुन्छ।
- यदि मनुष्य सानो जीवलाई पनि मार्न सक्दैन भने, उसको हृदयमा दया, करुणा र अहिंसाको बीउ रोपिन्छ।
- त्यसैले जब ठूलो प्रलोभन वा द्वन्द्व आउँछ, तब पनि उसले अर्को मनुष्यलाई मार्ने साहस वा क्रूरता गर्न सक्दैन।
- तर जसले कीरा–फट्यांग्रा, पशु वा साना जीवको जीवनलाई सामान्य ठान्छ, ऊ क्रमशः कठोर बन्छ र अन्ततः मनुष्यलाई मार्ने कुरामा पनि रोकिँदैन । एक दिन स्वयको अन्त पनि उसैको कारणले हुन्छ ।
हत्या सधैँ अभ्यासबाट सुरु हुन्छ; करुणा पनि अभ्यासबाटै जन्मिन्छ। जसले आफू भन्दा सानो, कमजोरको जीवनलाई सानो ठान्दैन, उसले ठूलो जीवनलाई पनि सम्मान गर्छ ।
यही कारण होला धर्म वा संविधानले आस्थाको कुरा गर्छ; पूजा–पाठ, ध्यानको कुरा गर्छ; क्षमा र दयाको कुरा गर्छ ।
यहाँ धर्म ले आध्यात्मिक जीवनलाई, र संविधान ले सामाजिक जीवनलाई सङ्केत गर्छ ।
दुवैको मूल ध्येय मान्छेलाई हिंसा होइन, करुणा र सहअस्तित्वतर्फ मोड्नु नै हो ।